रसुवा बाढीले बैंकका शाखा पनि बगायो, टेलिफोन नहुँदा यकिन विवरण सङ्कलनमा समस्या

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । बुधबार बिहान भोटेकोसीमा आएको बाढीले बस्ती नै बगाउँदा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय पनि बगाएको छ ।

नेपाल बैंकर्स संघका अनुसार धेरै बैकका शाखाहरूमा क्षति पुगेको छ । तर फोन सम्पर्क नहुँदा यकिन विवरण सङ्कलनमा समस्या भएको छ । बैँकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बाढी आएको थाहा भएसँगै बिहान बैंकर्स संघको आकस्मिक बैठक बसेर सबै विवरण सङ्कलन र उद्धारको विषयमा छलफल भएको बताए ।

उनका अनुसार बैठकले उद्धारका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ । उनले भने,‘ उद्धारका सरकारसँग अनुरोध गरिसकेका छौँ । बैंकका कुनै पनि कर्मचारी सम्पर्कमा छैनन् । टेलिफोन अवरुद्ध भएकाले क्षतिको विवरण सङ्कलन गर्न कठिन भएको छ । संघले सम्पर्क भएसम्म विवरण लिइरहेका छौँ ।’

संघका अनुसार बाढी आएको क्षेत्र टिमुरेमा नबिल, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, ग्लोबल, माछापुच्छ्रे, सानिमा, इन्भेस्टमेन्ट मेगा लगायत बैंकका शाखा कार्यालय रहेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्