ब्रुयनाको गोलमा सिटीको जित

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १३ कात्तिक ।।मिडफिल्डर केभिन डी ब्रुयनाको निर्णायक गोलप्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार राति लेस्टर सिटीलाई १–० अन्तरले पराजित गरेको छ ।

किङ्ग पावर रंगशालामा मुख्य स्ट्राइकर एर्लिङ हालान्ड बिना उत्रिएको सिटीले कठिन जितसँगै शीर्षस्थानमा आफूलाई उभ्याएको छ ।

खेलको ४९औं मिनेटमा डि ब्रुयनाले फ्रिकिकमा उत्कृष्ट गोल गरे । लेस्टरका नाम्पेल्स मेन्डीले सिटीका ज्याक ग्रेलिसमाथि फाउल गरेपछि सिटीले फ्रि–किक पाएको थियो । करिब २५ यार्ड ब्रुयनाले हानेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

जितसँगै १२ खेलबाट २९ अंक जोडेको सिटी लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १३ खेलबाट ११ अंक जोडेको लेस्टर सिटी १७औं स्थानमा झरेको छ । सिटीभन्दा १ खेल कम खेलेको आर्सनल २८ अंकसहित दोस्रो स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्