काठमाडौं। प्रभु बैंक र धुलिखेलमा रहेको आगन्तुक रिसोर्टबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ।
सम्झौतामा बैंकका बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टका लेखा नियन्त्रक सुबोध भण्डारी एवं व्यवस्थापक सुवास कार्कीले हस्ताक्षर गरे।
सम्झौताअनुसार कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सबै सेवा–सुविधामा विशेष छुट पाउनेछन्।
आन्तरिक एवंम बाह्य पर्यटकले आगन्तुक रिसोर्टबाट सूर्याेदय र सूर्यास्तको दृश्यावलोकन गर्न सक्छन्। बैंकले हाल ३०३ शाखा, २८६ एटीएम, ७० एक्सटेन्सन काउन्टरमार्पmत बैंकिङ सेवा दिँदै आएको छ।











