तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १३ कात्तिक।।सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि बन्द भएको सुनको कारोबार आइतबार एक हजार रुपैयाँले घट्दै सुरू भएको जनाएको छ ।

छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ । तिहारअघि छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै, चाँदी तोलाको १२ सय रुपैयाँमा काराेबार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्