दार्चुला घटना : आफ्नो लापरबाहीले बालकको मृत्यु भएको भारतीय निर्माण कम्पनीको स्वीकारोक्ति

न्युज कारखना
  • ख-
  • ख+

धनगढी, १२ कार्तिक

आफ्नो लापरबाहीका कारण दार्चुलामा बालकको मृत्यु भएको निर्माण कम्पनी गर्ग एण्ड गर्गले स्वीकार गरेको छ । शनिबार दुईपक्षीय छलफलका क्रममा आफूहरूको लापरबाहीका कारण ९ वर्षीय बालक पवन महराको मृत्यु भएको निर्माण कम्पनीले स्वीकार गरेको हो।

उक्त घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए ।

अध्यक्ष धामीका अनुसार भारतीय कम्पनीले मृतक पवनको परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रारम्भिक सहमति भएको छ । तर, निजी कम्पनी भएकाले आफूहरूलाई रोजगारीभन्दा पनि उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ ।

शुक्रबार जिल्लाको व्यास गाउँपालिका वडा नम्बर २ मा भारतीय पक्षले महाकाली नदीपारी सडक निर्माण गर्दैगर्दा ती नेपाली बालकमाथि ढुङ्गाले लागेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्