न्यूनतम ज्याला ६६८ः तर, सरकार भन्छ- दैनिक ३०० रुपैयाँमा काम गर!

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले दिनको ३ सय रुपैयाँ दिएर २ लाख युवालाई रोजगारीमा लगाउने कार्यक्रम सार्वजनिक गरेका छन्। उनले आगामी आर्थिक वर्षको बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराई करिब दुई लाख व्यक्तिलाई न्यूनतम सय दिनको रोजगारी प्रदान कार्यक्रम सार्वजनिक गरेका हुन्। 

उक्त कार्यक्रम सञ्चालका लागि ६ अर्ब विनियोजन गरेको उल्लेख गरेका थिए। २ लाख बेरोजगारलाई १०० दिन रोजगारी दिनु भनेको २ करोड दिन हुन आउँछ। विनियोजित सम्पूर्ण रकम खर्च गर्दा प्रति बेरोजगारले ३ सय रुपैयाँ पाउँछ। जबकी, सरकारले आफैले निर्धारण गरेको न्यूनतम ज्यालादर ६६८ रुपैयाँ तोकेको छ। 

सरकार आफैले गत भदौमा निर्धारण गरेको न्यूनतम ज्यालादरलाई समेत ख्याल नगरी हचुवामा कार्यक्रम घोषण गरेको छ। निजी क्षेत्रले काममा लगाउँदा अनिवार्य सरकारी नियम पालना गर्नुपर्ने तर सरकार आफैले रोजगार कार्यक्रम चलाउँदा ३ सय तोकेको छ। 
सरकारले चिया बगानका दैनिक मजदुरका हकमा ५०० रुपैयाँ दैनिक ज्याला तोकेको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्