काठमाडौं । सरकारले अधिक जोखिम रहेको क्षेत्रको सघन सुपरिवेक्षण गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्।
अर्थमन्त्री पुनले बजेटमार्फत अधिक जोखिम रहेको क्षेत्र सहकारी, घरजग्गा, सेयर बजार, क्यासिनो जस्ता क्षेत्रको सघन सुपरिवेक्षण हुने बताए।
‘लगानीकर्ताको हित संरक्षण गर्न नियामक नेपाल धितोपत्र बोर्डको संरचनात्मक सुधार गर्ने, नेप्से र सीडीएस एण्ड क्लियरिङको पनि संरचनात्मक सुधार गरिनेछ,’ अर्थमन्त्री पुनले भने, ‘जोखिममा आधारित मूल्यांकन प्रणाली अवलम्बन गरिने, जोखिममा आधारित क्षेत्रगत मूल्यांकन नियमन तथा सुपरिवेक्षण अनुसन्धान र अभियोजन कार्य प्रभावकारी बनाइनेछ।’











