सुनचाँदीको मूल्य बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन साेमबारकाे तुलनामा प्रतितोला ४०० रुपैयाँले बढेर कारोबार भएको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी  साेमबारकाे तुलनामा मंगलबार प्रतितोला ४० रुपैयाँ बढेर कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्