नेप्से सामान्य अंकले बढ्यो, ३ अर्ब ८९ करोडको कारोबार 

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । अघिल्लो दिन दोहोरो अंकले घटेको सेयर बजार सोमबार भने सामान्य अंकले बढेको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.९३ अंकले बढेर २११३.२७ को बिन्दुमा बन्द भएको हो।

दिउँसो १ बजेर २३ मिनेटमा बढेर २१२४.५७ को बिन्दुसम्म पुगेको नेप्से कारोबार बन्द हुँदा भने २११३.२७ को बिन्दुमा सिमित भएको हो। अघिल्लो कारोबार दिन आइतबार भने नेप्से २२.१४ अंक अर्थात् १.०३ प्रतिशतले घट्दै २१०९.३४ को बिन्दुमा बन्द भएको थियो। 

सोमबार नेप्सेमा कुल ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। 

सोमबार कारोबारमा आएकामध्ये १४९ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

सोमबार मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, कालीन्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९.७९ र पोखरा फाइनान्सको सेयर मूल्य ८.४० प्रतिशतले बढेको छ। आज बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ। 

सोमबार इन्भेस्टमेन्ट समुहको सेयर मूल्य १.८० र फाइनान्स समुहको सेयर मूल्य १.४१ प्रतिशतले बढेको छ। यस्तै, होटल एन्ड पर्यटन समुहको सेयर मूल्य ०.४९ प्रतिशतले घटेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्