बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ -अर्थमन्त्री पुन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ १३ । अर्थमन्त्री बर्षमान पुनले बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अर्थमन्त्री पुनले योजना आयोगले तोकेको १८ खर्वको सिलिङभित्र नै बजेट निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको हो । कुनै मन्त्रालयले दवाव दिएको वा हस्तक्षेप गरेको बिषयमा सत्यता नभएको उहाले बताउनुभयो ।

त्यस्तै मन्त्री पुनले संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदबाटै शान्तिपूर्ण रुपमा बजेट प्रस्तुत गर्ने तयारी भएको भन्दै प्रतिपक्षी दलले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाले प्रतिपक्षी दलले उठाएका मागलाई सम्बोधन गर्ने गरि सरकारले छलफल अघि बढाइसकेको अवस्थामा आन्दोलनलाई निरन्रतता दिनु जायज भएको बताउनुभयो ।

मन्त्री पुनले संसदमा निरन्तर अवरोध गर्नु लोकतन्त्रका लागि शोभनिय बिषय नभएको प्रतिक्रिया दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्