काठमाडौं। भूगर्भ सिमेन्टले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको जेठ ९ को बैठकले आईपीओ जारी प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो।
कम्पनीले नक्सालस्थित मुख्य कार्यालयमा जेठ २५ मा विशेष साधारणसभा आह्वान गरेको हो।
साधारणसभामा कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धिको प्रस्ताव पेस गरिनेछ। साधारणसभाले आईपीओ निष्कासनलगायत निर्णय गर्ने सबै जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ।











