राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन्। चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खनाललाई बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठक सीईओमा नियुक्त गरेको हो।

किरणकुमार श्रेष्ठको दुई कार्यकाल सकिएपछि खनाललाई कामु सीईओको जिम्मेवारीमा रहेका थिए। खनाललाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरिएको हो। उनी १६ वर्षअघि राष्ट्रिय वाणिज्य बैंकमा प्रवेश गरेका थिए।

बैंकले सीईओको आवेदन खुला गरेपछि १९ जनाले आवेदन दिएका थिए। तीमध्ये पाँचजनाको नाम सर्ट लिस्टमा परेको थियो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्