काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइत र सोमबार उकालो लागेको सुनको मूल्य मंगलबार तोलामा १२ सय रुपैयाँले घटेको छ।
आज छापावाला सुन तोलामा १ लाख ४० हजार ६०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन तोलाको १ लाख ४१ हजार ८०० रुपैयाँ तेजाबी सुन १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसतै, चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले घटेर १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो।











