काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले वीरगन्जको घन्टाघर नजिकै नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ। ग्राहकलाई एकै स्थानबाट सञ्चारसम्बन्धी सेवा दिने उद्देश्यले नयाँ सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
एनसेलका चिफ अफ स्टाफ अपरेसन स्टेफन रोड्रिगेजले बिहीबार नयाँ एनसेल सेन्टर उद्घाटन गरे। नयाँ सेन्टरबाट ग्राहकले एनसेलका सबै उत्पादन खरिद गर्न सक्नेछन्।
‘आज, भोलि, सधैं सँगै’ तथा थिम हामी तपाईंकै लागि’ अनुरुप स्थापना गरिएको नयाँ एनसेल सेन्टरबाट ग्राहकले कम्पनीका सेवा–सुविधाबारे सोधपुछ, सिम खरिद, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवा समेत लिन सक्ने एनसेलले जनाएको छ।
ग्राहकले नयाँ सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ई–सिममा अपग्रेड गर्न, सियुजी नम्बर फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङलगायत सेवा पाउनेछन्।











