न्यून गुणस्तरको पाइएपछि दुई एन्टिबायोटिक औषधि बिक्रीमा रोक 

खबर बुक
  • ख-
  • ख+

काठमाडौं ।  औषधि व्यवस्था विभागले नेपाली कम्पनीका दुई एन्टिबायोटिक औषधि बिक्रीमा रोक लगाएको छ ।

रुपन्देहीको एसियन फर्मास्युटिकल्स र बाराको नेसनल हेल्थकेयरद्वारा उत्पादित सेफोडक्जिम सिरपका दुई ब्याचको औषधि बिक्री तथा प्रयोगमा रोक लगाइएको हो । 

एसियन कम्पनीको इन्सेफ ड्राइ सिरपको ब्याच नम्बर आईएनडीएफ ९०२९ र नेसनलको प्रोडोक्जिम—१०० ड्राइ सिरपको ब्याच नम्बर पीडीडीटी २२०४९ कम गुणस्तरको पाइएको विभागले जनाएको छ । 

राष्ट्रिय औषधि प्रयोगशालाको परीक्षाणपछि न्यून गुणस्तरीय पाइएका ती औषधिहरू ब्याक्टेरियाको संक्रमणबाट हुने रोगहरूको उपचारमा प्रयोग हुन्छन् । 

खराबी देखिएका ब्याचका औषधिहरू बजारमा बिक्री वितरण, सिफारिस र प्रयोग समेत नगर्न सबैमा विभागले अनुरोध गरेको छ ।  उत्पादक कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी सोको विवरण विभागमा बुझाउन भनिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्