पञ्जावमाथि चेन्नई २८ रनले विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव किंग्सलाई पराजति गरेको छ ।

आइतबार सम्पन्न खेलमा चेन्नईले पञ्जावलाई २८ रनले पराजित गरेको हो ।

चेन्नईले दिएको १६८ रनको लक्ष्य पछाएको पञ्जाव ले २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै चेन्नईले २० ओभरमा ९ विकेट गुमाउदै १६७ रन बनाएको थियो ।

यो जितपछि चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईको ११ खेलमा १२ अंक भएको छ । त्यस्तै पञ्जावको भने यो सातौं हार हो । ११ खेलमा ८ अंक रहेको पञ्जाव अंक तालिकामा आठौं स्थानमा रहेको छ ।
        

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्