कालिमाटीमा एउटै मूल्यमा भारतीय र नेपाली गोलभेडा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजारमा नेपाली ठूलो गोलभेडाको थोक मूल्य औसत ६५ रुपैयाँ प्रतिकेजी रहेको छ।

भारतीय ठूलो गोलभेडा पनि सोही मूल्यमा बिक्री भइरहेको बजार विकास समितिले जानकारी दिएको छ। त्यस्तै सानो टनेल गोलभेडाको मूल्य औसत ४० रुपैयाँ प्रतिकेजी रहेकोमा भारतीय सानो गोलभेडा पनि सोही मूल्यमा कारोबार हुने समितिले जानकारी दिएको छ।

समितिका अनुसार बुधबार केही तरकारीको मूल्य सामान्य घटबढ भए पनि केहीको यथावत् रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्