काठमाडौं। नपेाली बजारमा बुधबार अमेरिकी डलरको मूल्य बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दरअनुसार बुधबारका लागि अमेरिकी डलर १ को खरिद १३३ रुपैयाँ ३६ पैसा तथा बिक्री १३३ रुपैयाँ ९६ पैसा तोकिएको छ।
उक्त विनिमय दर मंगलबारको तुलनामा बढेको हो। मंगलबार डलर खरिद १३३ रुपैयाँ २३ पैसा तथा बिक्री १३३ रुपैयाँ ८३ पैसा रहेको थियो।
बुधबारका लागि युरो ज्ञ को खरिद १४१ रुपैयाँ ८२ पैसा तथा बिक्री १४२ रुपैयाँ ४५ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
त्यस्तै पाउन्ड स्टर्लिङको बुधबारको खरिद दर १६६ रुपैयाँ ५ पैसा तथा बिक्री दर १६६ रुपैयाँ ८० पैसा तोकिएको छ।











