नेपाल समाजवादी पार्टीकोे आगामी निर्वाचनका लागी घोषणापत्र सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , कार्तिक ६

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लािग घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणपत्रमा संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखहरूको व्यवस्था गरिने उल्लेख गरेको छ भने संविधान संशोधन गर्न सहमत राजनीतिक दलहरूलाई दुई तिहाइ मत दिन अपील गरिएको नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले बताउनुभयो ।

घोषणापत्रमा राष्ट्रपति र प्रदेश प्रमुखमा निर्वाचित व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नसक्ने व्यवस्था पनि गर्ने उल्लेख छ भने राज्यपुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनर्संरचना गर्ने, स्थानीय तहहरूलाई बलियो र अधिकार सम्पन्न गर्ने उल्लेख गरिएको छ । भट्टराईले मुलुकको आर्थिक विकासका लागि समतामूलक समृद्धिको अवधारणा अगाडि सारेको गर्दै त्यसका लागि तीव्र आर्थिक वृद्धि, समन्यायिक वितरण, पर्यावरणीय दीगोपन र मानवीय खुसी हुनुपर्ने उल्लेख गरेको बताउनुभयो ।

त्यस्तै छिमेकी मित्रराष्ट्र तथा अन्य मुलुकहरूसँग भाइचाराको सम्बन्ध स्थापित गरी नेपाली वस्तु तथा सेवा बजारको दायरा बढाउने तथा उनीहरूको पुँजी र प्रविधिलाई नेपाल भित्राएर राष्ट्रिय औद्योगिक पुँजीवादको विकास गर्ने नीति लिनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचन लड्न लागेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्