१६ असार, काठमाडौं । बुधबार सेयर बजार ४४.५९ अंक बढेको छ । अघिल्ला सात कारोबार दिनसम्म लगातार घटेको बजार बुधबार बढेको हो ।
यो वृद्धिसँगै नेप्से परिसूचक २६५२ अंकमा कायम भएको छ । बुधबार बजार दिनभरजसो हरियो अंकमा रह्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८६ करोडको भयो ।
२५२ कम्पनीको मूल्य बढ्दा १७ को घट्यो भने ६ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । उत्पादन, जलविद्युत् र व्यापार समूह २ प्रतिशतभन्दा धेरै बढे ।
बैंकिङ १.१४, विकास बैंक १.१५, फाइनान्स १.४९, होटल तथा पर्यटन १.६६, जलविद्युत् २.४२, लगानी १.६५, जीवन बीमा १.४८, उत्पादन तथा प्रशोधन २.३४, माइक्रोफाइनान्स १.११, निर्जीवन बीमा २.०३, अन्य १.७६ तथा व्यापार २.६० प्रतिशत बढे ।
हालै सूचीकृत स्नो रिभर्सको मूल्य १५ प्रतिशत बढेको छ । त्यस्तै सीवाईसी लघुवित्तको १४.२२, भुजुङ हाइड्रोपावरको १३.९०, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.७३, मिडसोलु हाइड्रोपावरको ९.३७, सामुदायिक लघुवित्तको ९.०५, याम्बलिङ हाइड्रोपावरको ८.२५ तथा रिलायन्स स्पिनिङ मिल्सको ६.६२ प्रतिशत मूल्य बढ्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ५.२१ प्रतिशत घट्यो । त्यस्तै धौलागिरि लघुवित्तको ४, अपर स्याङ्गेको ३.५५ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र राधि विद्युत् क्रमशः रहे ।










