काठमाडौं। नेपाल आयल निगमले सोमबार रातीबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपयाँले बढाएको छ।
मूल्य बढेसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १ सय ७८ र डिजेल तथा मट्टीतेल समान एक सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
यसअघि १८ चैतमा पनि पेट्रोलको मूल्य ४ रुपैयाँ प्रतिलिटर बढाइएको थियो।सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद दर आउँदा पेट्रोल २ रुपैयाँ ९६ पैसा र डिजेल ३ रुपैयाँ ४६ पैसा प्रतिलिटर बढेर आएकाले निगम सञ्चालक समितिबाट मूल्यवृद्धिको निर्णय गरिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।











