हिमाल आरोहण अनुमति वापत ४२ करोड १२ लाख रोयल्टी सङ्कलन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , ३ वैशाख ।  वसन्तयाममा हिमाल आरोहणका लागि अनुमति दिएवापत् सरकारले ४२ करोड १२ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

हिजोसम्म २१ वटा हिमालका लागि पाँच सय ७३ जनालाई अनुमति दिंदा ४२ करोड १२ लाख ७८ हजार रुपैयाँ रोयल्टी सङ्कलन भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

सगरमाथाबाट मात्रै ३७ करोड ६६ लाख रुपैयाँ सङ्कलन भएको छ । अनुमति लिएका २१ वटा हिमालमध्ये वसन्तयामका लागि सबैभन्दा धेरै सगरमाथामा दुई सय ६४ जनाले अनुमति लिएका छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्