नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
नागरिक समाज कास्कीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको दौरान लाखौं रुपैयाँ हिनामिना भएको दाबी गर्दै आवश्यक छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी गरेको हो ।
प्रतियोगिता गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्म औपचारिक रुपमा सञ्चालन भएको थियो ।