नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं ।नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन बढेको छ।

चैत–वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो। यहाँका होटलमा पाहुनाको संख्या क्षमताको ५० प्रतिशतसम्म पुगेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।

’शुक्रबार–शनिबार त होटलको अकुपेन्सी ६० प्रतिशतसम्म पनि पुग्न थालेको छ,’ उनले भने, ’नयाँ वर्षका बेला ९० प्रतिशतभन्दा माथि पुग्ने हाम्रो अपेक्षा छ।’पर्यटनका लागि ‘अफ सिजन’ मानिने गत पुस–माघमा पोखराका होटलको

‘अकुपेन्सी’ १० प्रतिशतभन्दा कममा सीमित थियो। नयाँ वर्षलाई लक्षित गरेर लेकसाइडमा ‘१९औँ फेवा नव वर्ष महोत्सव’ आयोजना गरिएकाले पर्यटकको आवागमन थप बढ्ने अध्यक्ष सुवेदीको अपेक्षा छ।महोत्सव अवधिमा होटलमा ३० प्रतिशत छूटको व्यवस्था मिलाइएको उनको भनाइ छ।

उनका अनुसार पोखरामा दैनिक ४० हजार पर्यटक राख्न सक्ने होटलको क्षमता छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्