आज नेप्से २.७३ अंकले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, चैत २२ ।  सेयर बजारमापक नेप्से परिसूचक ०.१३ प्रतिशतले घटेको छ ।

बिहीबार नेप्से २.७३ अंकले घटेर २००४.०५को विन्दुमा पुगेको हो ।

आज ३०२ धितोपत्रको ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँमा किनबेच भएको छ ।

१३ वटा उपसमूहमध्ये आठ वटाको समूहगत सूचक घटेको छ । पाँचवटाको समूहगत सूचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.२४ प्रतिशतले घटेको छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्