नवौँ राष्ट्रिय खेलकुदमा भक्तपुरका दुई विद्यार्थीलाई सफलता

न्युज कारखना
  • ख-
  • ख+

भक्तपुर, ५ कात्तिक । गण्डकी प्रदेशमा हालै सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भक्तपुरको एभरेष्ट इङ्लिस स्कुलका दुई जना पूर्व विद्यार्थीलाई सफलता मिलेको छ ।

भक्तपुर नगरपालिका-२ मिवाछें व्यासीस्थित स्कुलका दुई जना पूर्व विद्यार्थी साधना घिसिङ र कृषा देण्डेखुलाई सफलता मिलेको हो । उनीहरू दुवैलाई बास्केटबलमा सफलता मिलेको हो ।

साधनाले एपिएफ टिमबाट सहभागी भएर थ्रीअनथ्री बास्केटबलमा प्रथम स्थान हासिल गर्न सफल भइन् भने कृषाले बागमती प्रदेश टिमबाट खेलेर फाइफ अन फाइफमा सेकेण्ड हुन सफल भएकी हुन् ।

यी दुवै पूर्व विद्यार्थीको सफलतामा स्कुलले खुशी व्यक्त गरेको छ । स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले दुवै विद्यार्थीलाई बधाइका साथै आगामी दिनका लागि शुभकामना व्यक्त गरेका छन् ।

स्कुलका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले यी दुवै विद्यार्थी पहिलादेखि नै बास्केटबलमा विशेष लगाव राख्ने विद्यार्थी भएको स्मरण गरे । तनहुँमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार सम्पन्न भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्