लगातार तेस्राे दिन शेयर बजार घट्याे

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २० चैत ।  शेयर बजार आज पनि घटेको छ ।

शेयर बजार परिसूचक नेप्से १ दशमलव ८५ अङ्कले घटेर दुई हजार १० दशमलव २१ विन्दुमा झरेको छ । हिजो र अस्ति पनि शेयर बजार घटेको थियो ।

आज फाइनान्स, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचल र अन्यबाहेक सबै समूहको शेयर घटेको छ । आज ज्योति विकास बैंक बोन्ड २०८७ को शेयर सबैभन्दा धेरै साढे ७ प्रतिशतले घटेको छ । बजार समान्य घटेको दिन आज गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ६१ लाख ३१ हजार कित्ता शेयर २ अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गुराँस फाइनान्स कम्पनीको १४ करोड ९८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्