दुई कम्पनी कालोसूचीमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। सरकारले २ कम्पनीलाई कालोसूचीमा राखेको छ। सम्झौताअनुसार काम नगर्ने जुगल बिल्डर्स प्रालि र जेएम बिडी इन्टरनेशनल प्रालीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो।

जुगललाई ३ वर्ष र जेएम बिडी कम्पनीलााई डेढ वर्षका लागि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ। दुवै कम्पनीलाई कालोसूचीमा राख्न सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रहरी प्रधान कार्यालयले सिफारिस गरेका थिए। कालोसूची अवधिभर दुवै कम्पनीले सार्वजनिक काम गर्न पाउने छैनन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्