शेयर बजार ६ अङ्कले घट्याे, २ वटा कम्पनीकाे शेयर मूल्यमा सकारात्मक सर्किट

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, चैत १९ ।  सोमबार नेप्से ६.२६ अंकले घटेको छ । आज नेप्से घटेर २०१२.०७ अंकमा सीमित भएको छ ।

सोमबार ७२ लाख ९० हजार २०० कित्ता शेयर ६३ हजार १५ पटक खरिद बिक्री हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५.७५ मा कारोबार भएका छन् । 

आज गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.४४ प्रतिशतले बढेको छ ।

त्यस्तै फल्स पावरको शेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ भने हिमालयन हाइड्रोको ६.२७, अपर लाहोर खोला हाइड्रोको ६.१७ र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.७३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । कम्पनीको कुल ४७ करोड २९ लाख १७ हजार ६३२ बराबरको शेयर कारोबार भएको छ ।

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्