पेट्रोलको मूल्य बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १८ चैत । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

निगमले भोलि (सोमबार) राती १ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँका दरले बढाएको छ ।

बढेको मूल्य अनुसार अब एक लिटर पेट्रोल किन्न १७५ रुपैयाँ खर्च गर्नुपर्ने भएको छ ।

निगमले भारतीय आयल कर्पोरेसनबाट पेट्रोलमा ४ रुपैयाँ ७६ पैसाले बढेर आएकोले नेपालमा पनि मूल्य समायोजन गरेको जानकारी दिएको छ ।

निगमका अनुसार मट्टिेलमा ३९ पैसा, हवाई इन्धनमा ३८ पैसा र ग्यासमा २७ रुपैयाँ ४४ पैसा घटेर आएको भएपनि ती इन्धनमा भने मूल्य घटबढ गरिएको छैन ।

पेट्रोल बाहेक अरु इन्धनकाे मूल्य थपघट भएकाे छैन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्