काठमाडौं। अर्थमन्त्री वर्षमान पुनको आर्थिक सल्लाहकारमा प्राध्यापक डा. सूर्यबहादुर थापा नियुक्त भएका छन्।
त्रिभुवन विश्व विद्यालयका शिक्षा शास्त्र संकाय अर्थशास्त्रका प्राध्यापक थापालाई गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री पुनको आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो।











