यी व्यक्तिले लेख्नेछन् आर्थिक वर्ष २०८१/८२ को बजेट

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ को बजेट लेखनका लागि अर्थमन्त्रालयमा टिम तयार भएको छ। अर्थमन्त्री वर्षमान पुनले बजेट मस्यौदा लेखन समिति तयार पारेका हुन्।

टिममा सहसचिव धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिव रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन्।

शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन्। शर्मा आन्तरिक राजस्व कार्यालयमा उपमहानिर्देशक छन्। समिति संयोजक शर्माले शनिबार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिए।

विषयगत मन्त्रालयसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने शर्माको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्