माधव उपाध्याय गरिमा विकास बैंकको सीइओमा नियुत्त

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं ।गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिले ४ वर्षका लागि उनलाई सीइओ बनाउने निर्णय गरेको हो। उनको कार्यकाल २०८१ बैशाख १ गतेबाट सुरु हुन्छ। अहिले प्रमुख कार्यकारी गोविन्द ढकाल छन्। उनी चैत मसान्तमा कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। उपाध्याय गरिमाकै नायव प्रमुख कार्यकारी अधिकृत थिए।

ढकालको कार्यकाल सकिनुअघि नै आगामी प्रमुख कार्यकारीको टुंगो गरिएको हो। व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमामा संस्थापना कालदेखि कार्यरत छन्। उनले विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा समेत काम गर्दै आएका छन्। विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्