मैत्रीपूर्ण खेलमा कोस्टा रिकामाथि अर्जेन्टिनाको सहज जित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा कोस्टा रिकालाई पराजित गरेको छ ।

बुधबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोस्टा रिकालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोल अन्तरले पछि परेको अर्जेन्टिनाले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।

अर्जेन्टिनाको जितमा एन्जल डी मारिया, एलेक्सिस म्याक अलिस्टर र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए । त्यसैगरी कोस्टा रिकाका लागि एक गोल म्यान फ्रेड उगाल्डले गरेका थिए ।

अर्जेन्टिनाका लागि यस खेलमा लियोनेल मेसी खेलेका थिएनन् ।

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्