छैठौं बीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता सुरु

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १३ चैत ।  छैठौं संस्करणको बीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता मंगलबारबाट काठमाडौंमा सुरु भएको छ ।

बीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सुरु राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा पुरुषतर्फ ५१ केजी, ५७ केजी, ६३ केजी, ७१ केजी, ८० केजी, ९२ केजी र ९२ केजी तौल स्पर्धामा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ५० केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६६ केजी र ७५ केजी गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

यस पटक १३ वटा तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगीताको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । सो क्रममा नेता सिंहले नेपालको खेल क्षेत्रको बिकासका लागि राज्यको तत्परता देखाउनुपर्ने बताउनुभयो ।

प्रतियोगितामा तौल समूहमा पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई ७ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा तीन विभाग सहित ७ प्रदेशका करिब १ सय ५० जना खेलाडीको सहभागीता रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्