काठमाडौं। नेपाली बजारमा आइतबार अमेरिकी डलरको मूल्य बढेको छ।
शुक्रबारको तुलनामा आइतबार अमेरिकी डलरको मूल्य बढेको हो। नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर १ को नेपाली खरिद दर १३३ रुपैयाँ १९ पैसा तथा बिक्री दर १३३ रुपैयाँ ७९ पैसा तोकिएको छ। यसअघि शुक्रकार खरिद दर १३२ रुपैयाँ ७४ पैसा तथा बिक्री दर १३३ रुपैयाँ ३४ पैसा रहेको थियो।
आइतबार युरो १ को नेपाली खरिद १४४ रुपैयाँ १२ पैसा तथा बिक्री दर १४४ रुपैयाँ ७७ पैसा तोकिएको छ। यसअघि शुक्रबार युरोको खरिद दर १४४ रुपैयाा ८३ पैसा तथा बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको थियो।
आइतबारका लागि युके पाउन्ड स्टर्लिङ १ को नेपाली खरिद दर १६७ रुपैयाँ ६२ पैसा तथा बिक्री दर १६८ रुपैयाँ ३७ पैसा तोकिएको छ।











