काठमाडौं, चैत्र १० । एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधी टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ ।
शनिबार निकै रोमाञ्चक फाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै टिप टप हेल्प नेपालले उपाधी जितेको हो । टिप टप हेल्प नेपालले आर्मीलाई ३–२ को सेटमा पराजित गरेको हो ।
त्यस्तै प्रतियोगीताको महिलातर्फको उपाधी एभरेस्ट भलिबल क्लबले जितेको छ । शनिबार भएको फाइनलमा एभरेस्ट भलिबल क्लबले साविक विजेता नेपाल पुलिस क्लबलाई ३–१ को सोझो सेटमा हरायो । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख प्राप्त गरेको छ ।











