प्रभु बैंकले करिब साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुलायो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ४७ हजार १२५ कित्ता संस्थापक सेयर बिक्री खुलाएको छ। बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।

मूल्य नतोकिएको सेयर खरिद गर्न चाहने संस्थापकले चैत ९ देखि ३५ दिनभित्र केन्द्रीय कार्यालय बबरमहलमा निवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ।

तोकिएको समय संस्थापक सेयरधनीको आवेदन नपरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले बताएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्