काठमाडौं, ७ चैत । आठौं आरबीबी एनभिए भलिबल च्याम्पियसपको महिलातर्फको उपाधिका लागि एभरेष्ट भलिबल क्लब र साविक विजेता नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।
बिहीबार भएको सेमिफाइनलमा न्यु डायमण्ड महिला टिमलाई पराजित गर्दै एभरेष्ट र एपिएफलाई हराउँदै पुलिस फाइनलमा प्रवेश गरेको हो ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बिहीबार एभरेष्टले न्यु डायमण्ड महिला टिमलाई बिहीबार ३–० को सोझो सेटमा पराजित गर्यो । एभरेष्टले न्यु डायमण्डलाई २५–२०,२५–१२, २५– १८ ले पराजित गरेको हो । त्यस्तै बिहीबार नै भएको पहिलो सेमिफाइनलमा पुलिस क्लबले एपिएफलाइ
३–१ को सेटमा पराजित गर्यो । पुलिसले एपिएफलाई २७–२५,२५–२२,२५–१७ ले हराएको हो । फाइनल खेल शनिबार हुनेछ ।
नेपाल भलिबल संघको आयोजना जारी प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ ।











