सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अधिकृतविरुद्ध ३ करोडको मुद्दा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, चैत्र ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सरकारी जग्गा व्यक्तिको नाममा गर्ने शाखा अधिकृत कार्कीविरुद्ध आयोगले बिहीबार मुद्दा दायर गरेको हो। काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत बागमतीनगर जग्गा एकीकरण आयोजना कार्यालय बौद्धमा कार्यरत कार्कीले कार्कीले सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा गरी भ्रष्टाचार गरेको आरोप अख्तियारको छ।

२०५८ साउनमा सरकारी सेवा प्रवेश गरेका कार्कीको गत वर्ष २०७९ चैत ३० गतेसम्मको आम्दानी ३ करोड ७७ लाख १३ हजार रुपैयाँ र ६ करोड ९८ लाख ४६ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी रहेको अख्तियारको भनाइ छ।

कार्कीविरुद्ध स्रोत नखुलेको सम्पत्ति ३ करोड २१ लाख ३२ हजार रुपैयाँ बराबर विगो दाबी गर्दै विशेषामा मुद्दा दायर गरिएको आयोगकका प्रवक्त्रा नरहरि घिमिरेले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्