ऋण दिनुअघि मनोवैज्ञानिक परिक्षण गराउन सक्रिय बन्दै राष्ट्र बैंक

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ८ चैत ।  बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकले ऋण दिनुअघि मनोवैज्ञानिक परिक्षण गराउने भएको छ। पछिल्लो समय ऋण तिर्दिन भन्नेहरुको जमात बढ्न थालेको भन्दै राष्ट्र बैंकले ‘साइकोमेट्रिक स्कोरिङ सोलुसन’ गराउने प्रक्रिया सुरु गरेको हो।

नयाँ ऋणीहरुका लागि राष्ट्र बैंकले अन्तर्राष्ट्रिय वित्त निगमको समन्यवमा ऋणीको मनोवैज्ञानिक परिक्षण गर्ने प्रणाली तयारी गरिसकेको छ। उक्त प्रणाली सञ्चालनको जिम्मेवारी कर्जा सूचना केन्द्रलाई हस्तान्तरण समेत गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

यस प्रणालीले नयाँ ऋणीको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण गर्ने छ। यो प्रणालीबाट विगतमा कर्जा नलिएका र विनाधितो सानो आकारका कर्जा लिन चाहने ऋणीको मनोवैज्ञानिक परीक्षण पनि हुनेछ। यसको कार्यान्वयनसँगै नेपालमा वित्तीय समावेशीकरणको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा राष्ट्र बैंकले राखेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्