सानिमा बैंकद्वारा १० लाख दुर्घटना बिमा दाबी भुक्तानी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, चैत्र ७ । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बिमा दाबी रकम हस्तान्तरण गरेको छ।

बैंकका खातावाला टेकबहादुर मगर दुर्घटनामा परेर अशक्त भएपछि उनलाई दाबी बिमा रकम उपलब्ध गराइएको बैंकले जनाएको हो।

बैंकको बागमती प्रदेश प्रमुख सुशीलराज श्रेष्ठ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका दाबी प्रमुख नवराज पराजुलीले संयुक्त रूपमा बिमा रकमको चेक हस्तान्तरण गरेका थिए।

दुर्घटनामा परेका मगरले बैंकको एकान्त कुना शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेको बैंकले बताएको छ। बैंकले प्लाटिनम पेरोल बचत खाताअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बिमा, १३ घातक रोगको उपचार बिमा, औषधोपचार बिमा, आवधिक जीवन बिमा र स्वास्थ्य परीक्षण सुविधा दिँदै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्