तिहारकाे मुखमै सुनको भाउ घट्यो, चाँदी स्थिर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ कात्तिक  । नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ ।

शुक्रबार चाँदीको भाउ भने स्थिर छ । चाँदी बिहीबार जस्तै तोलामा एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

तिहार सुनचाँदी किनबेच हुने मुख्य सिजन हाे । बेच्ने भन्दा पनि मानिसहरूले तिहारका बेला सुन, असर्फी किनेर राख्ने गरेका छन् । विगतमा तिहारका बेला सुनचाँदीकाे भाउमा वृद्धि हुने गरेकाे थियाे । तर यसपटक भने आर्थिक तरलताले संकट निम्त्याएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्