न्यु डायमण्ड भलिबल क्लब आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, ७ चैत । न्यु डायमण्ड भलिबल क्लब आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधबार मधेश प्रदेशलाई‌ ३–० को सोझो सेटमा हराउदै न्यु डायमण्ड समूह बीको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

न्यु डायमण्डसँग २५–१०,२५–६, २५–८ ले पराजित भएपछि मधेश प्रतियोगिताबाट बाहिरिएको छ । न्यु डायमण्डले सेमिफाइनलमा एभरेष्ट भलिबल क्लबसंग प्रतिष्पर्धा गर्नेछ ।

त्यस्तै महिलातर्फ बुधबार नै त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लबपनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने भलिवल संघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्