शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण नगरिएसम्म र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्मका लागि शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको हो।

हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरिएको शिक्षा मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी जानकारी दिए। उनका अनुसार सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गरिनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्