पेट्रोल र डिजेलको मूल्य घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।

इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले पनि शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

आइतबारदेखि काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्