थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, ५१ संक्रमित निको

खबर बुक
  • ख-
  • ख+

नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ सय ९८ पिसिआर परिक्षणका क्रममा ५० जना र ७ सय ७३ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन भने थप ५१ संक्रमित निको भएका छन् । हाल नेपालमा ७ सय २७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्