वाणिज्य बैंकहरूले घटाए ब्याजदर, एनआईसी एसियाले बढायो, ग्लोबल आइएमई र प्रभुको यथावत

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। सञ्चालनमा रहेका २० मध्ये १७ वाणिज्य बैंकले चैत महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। एनआइसी एसिया बैंकले ब्याजदर बढाएको छ भने ग्लोबल आइएमई र प्रभु बैंकले फागुनकै ब्याजदरलाई यथास्थितिमा राखेका छन्।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ०.५ प्रतिशत बिन्दुले घटाइएको हो।
२० वाणिज्य बैंकले फागुनमा व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत दिँदै आएकामा चैतका लागि ७.२५ मा झारेका छन्। १७ वटा बैंकले चैतका लागि ब्याजदर घटाएका छन्।

उच्च ब्याजदर र अर्थतन्त्रमा आएको सुस्तताको कारण कर्जा प्रवाह हुन सकेको छैन। बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ। बैंकहरूले ब्याजदर घटाएर भए पनि कर्जा प्रवाह बढाउने रणनीति लिएका हुन्। 

एनआईसी एसिया बैंकले फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ। बैंकले चैतदेखि लागू हुने गरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर ८.५४८ प्रतिशत बनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्