प्लास्टिकका फूलगुच्छा र माला प्रतिबन्ध, बिक्री गरे १ लाखसम्म जरिवाना

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ३ कात्तिक।।सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ ।

वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएकामा तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लगेको हो ।

वातावरण विभागले बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको छ ।कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैँयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत सूचनामा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्