भारतमा खाना पकाउने ग्यासको मूल्य घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, २७ फागुन ।भारतमा खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १४.२ केजी सिलिण्डरको मूल्य घटाइएको घोषणा गरेका हुन्। इन्डियन एक्सप्रेसका अनुसार प्रधानमन्त्री मोदीले प्रतिसिलिण्डर १ सय भारतीय रुपैयाँ घटाइएको घोषणा गरेका हुन्।

‘घरेलु उपभोगका लागि प्रयोग गरिने १४.२ केजी ग्यासको मूल्य घटाइएको छ,’ इन्डियन एक्सप्रेसले मोदीलाई उद्धृत गर्दै लेखेको छ, ‘यसबाट ३३ करोड गरिब घरपरिवारले राहत महसुस गर्नेछन्।’

भारतमा तत्काल लागू हुनेगरी मूल्य घटाइए पनि नेपालमा तत्काल मूल्य नघट्ने भएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) नेपालका लागि नेपाल आयल निगमले ग्यास तथगा पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ।

आईओसीले नेपाल आयल निगमलाई प्रत्येक १५ दिनमा मूल्य समायोजन सूची पठाउँदै आएको छ। प्रत्येक महिनाको १ तारिख र १५ तारिखमा नेपालका लागि आईओसीले मूल्य सूची पठाउँदै आएको छ।

सोहीअनुसार आगामी १५ मार्चमा भारतबाट नयाँ मूल्य सूची आउनेछ। मूल्य घट्ने वा नघट्ने त्यसैमा निर्भर हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्